कविता : छोरा खै किन आएनौ ?

Devi kafle   copy

दशैमा आउँछु भनेको छोरा खै किन आएनौ
विदेशी भूमी साहुको काम कि छुट्टी पाएनौ ?
सयपत्री फूल्यो मार्सी धान झुल्यो घुम्दै छन् भमरा
थालीको टीका सुकेर गयो ओइलाए सबै जमरा ।

 

पिढीमा बसी रोइरहन्छु सधैँ त्यो बाटो हेरेर
थाकेनन् आखा रातदिन रुदाँ तिमीलाई सम्झेर ।
बिहानै उठी तिम्रा बुढा बा गइरन्छन् चौतारी
मन बुझाई आउछन् देखेर तिम्रा सँगैका दौंतरी ।

 

कुन ठाऊमा जन्म दिएछु तिम्लाई अटेनौ देशमा
बाउ आमा छाडी मन होला भारी बिरानो परदेशमा ।
दुःख र जिलो बनि र बुतो गरेर बसौला
दुनिया अट्ने यो धरतीमा तिमी नी अटौला ।

 

सपना देख्छु रातै र भरी फूल झरी गएको
कालो र घोडा आएछ लिन मै चढी गएको ।
सुनसानै भयो यो डाडा पाखा तिमीलाई नदेख्दा
गोठका गाई कराउन थाले तिमीलाई नभेट्दा ।

 

आउ बाबु घर छोडीदेऊ बिदेश आजै होउ रवाना
मनको चाह पूरा होस् तिम्रो यै शुभकामना
हासी र खुशी भइरहनु सधै शत्रु नलागोस्
देवीको कृपा भई रहोस् शीरमा दैव चै नलागोस् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...