वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि लालबन्दी सिल

Lalbandi municipality

सर्लाही । वडाध्यक्षलाई नै कोरोना भाइरस संक्रमण पुष्टी भएपछि शनिबारदेखि सर्लाहीको लालबन्दी नगरपालिका शील गरिएको छ ।

शील गरिएपछि आज लालबन्दी अन्य दिनभन्दा सुनसान देखिएको छ । समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पाइएपछि आजबाट लकडाउनमा अझ कडाई गरिएको छ ।

लकडाउनलाई कार्यान्वयन गराउन तथा अत्यावश्यक काम पर्दा मास्क लगाएर मात्रै हिँड्न लालबन्दी प्रहरीले केही दिनदेखि कडाई गरिरहेको थियो । अनिबार बिहानदेखि नै नगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अत्याबश्यक काम बाहेक नगरवासीहरूलाई घर बाहिर ननिस्कन, अनुमति प्राप्त सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) संचालन नगर्न, जमघट हुने सबै किसिमका सभा, सम्मेलन, भोजभतेर जस्ता क्रियाकलाप बन्द गर्न जारी सूचनामा उल्लेख गरिएको छ ।

शुक्रबार साँझ सरोकारवालाहरूको बैठक बसी शनिबारदेखि औषधि पसलबाहेक अन्य पसल व्यवसाय, बजार, नगरपालिका कार्यालय, वडा कार्यालय र बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

साउन २१ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा ४१ जनामध्ये एक जना वडाध्यक्ष, स्वास्थ्यकर्मी र व्यापारी समेत गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएकाले शनिबारदेखि लागु हुने गरि अर्को सुचना नभएसम्मका लागि लालबन्दी नगरपालिका शील गरिएको मेयर मानबहादुर खड्काले जानकारी दिए ।

संक्रमित तीनै जनालाई शुक्रबार नै लालबन्दी –१ नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको भवनमा बनाइएको आइसोलेसनमा पठाइएको प्रमुख खड्काले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...