पर्साको बहुदरमाई नगरपालिकाका मेयर साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

Narayani hospital

वीरगञ्ज । समुदायमा कोरोना संक्रमण बढ्दै गएका बेला पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान संक्रमित हुनेमा बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहलाई पनि कोरोना संक्रमण भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताए ।

बहुदरमाई नगरपालिकाका मेयर साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए । उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा कोरोना पुष्टि भएकामध्ये एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा छन् । ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आर्मी ब्यारेकका थप एक जवानमा कोरोना देखिएको छ ।

पैसा तिरेर स्वयं परीक्षण गराएका १३ जनामा कोरोना संक्रमण देखिएको छ । डा. उपाध्यायका अनुसार ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...