सुदूरपश्चिममा झण्डै ४० हजारको पीसीआर परीक्षण

Co

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म झण्डै ४० हजारको पीसीआर परीक्षण गरिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म संकलित ४० हजार ५ सय ३७ थ्रोट स्वाब नमुना मध्ये शुक्रबार सम्म ३९ हजार ८३ को परीक्षण भई नतिजा आएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार संकलित स्वाब मध्ये अब १४ सय ५४ स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ । परीक्षण भएका मध्ये शुक्रबार सम्म ४ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको कार्कीले जानकारी दिए । जसमा ११ सय ६७ महिला र ३५ सय ९३ पुरुष रहेका छन् ।

महाशाखा प्रमुख कार्कीका अनुसार सुदूरपश्चिम प्रदेशमा संक्रमण पुष्टि भएका मध्य शुक्रबार सम्म ३ हजार ९ सय ३८ जना डिस्चार्ज भैसकेका छन् । हाल प्रदेशका विभिन्न अस्पतालका आइसोलेसनमा ७७ जना रहेका छन् भने बाँकी स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट शुक्रबार मात्र २७६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । शुक्रवार कैलालीका दुई सय २२, अछामका ५३ र बैतडीका एक जनालाई डिस्चार्ज गरिएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरैकैलालीका एक हजार ९९, अछामका ६ सय नौँ, डोटीका पाँच सय ७०, कञ्चनपुरका पाँच सय १७, बैतडीका तीन सय चार र डडेल्धुराका दुई सय ८८ जनालाई डिस्चार्ज गरिएको छ ।

यसैगरी बाजुराबाट चार सय ३१, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा ८ सय १३ मात्रै एक्टिभ केस रहेका छन् । सबैभन्दा बढी कैलालीमा दुई सय ३० रहेका छन् ।

बझाङमा एक सय ७४, डोटीमा एक सय ६२, अछाममा एक सय ८, कञ्चनपुरमा ६६, दार्चुलामा २५, बाजुरामा १९, बैतडीमा १६ र डडेल्धुरामा १३ एक्टिभ केस रहेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...