मनसुनी न्यून चापीय रेखा नेपालको नजिक, देशभर तीन दिन भारी वर्षाको सम्भावना

Mausm news

काठमाडौं । आज देशभर सामान्य बदली रही देशका केही स्थान मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेको छ । प्रदेश नं २ र प्रदेश नं ५ का केहि भु–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ। 

आज रातीबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक सर्ने सम्भावना देखिएकाले दुई, तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र केही स्थानहरुमा भारी वर्षा हुने संम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

शनिबार राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण रूपमा बदली भई विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार प्रदेश–१, बाग्मति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको हुनसक्ने देखिएकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने विभागले बताएको छ ।

आज विहान २ बजे मापन गरिएको रेकर्डअनुसार पछिल्लो ३ घण्टा बाह्रबिसे र आसपासका क्षेत्रमा भारी बर्षा भएको र अझै वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने र कमजोर तथा भीरालो जमिनमा पहिरो जानसक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...