एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

1596848170biman

भारत । शुक्रबार साँझ भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। मृत्यु हुनेमा दुई पाइलट पनि छन्। केरलको कालिकटमा भएको दुर्घटनामा चालक दलका चारसहित १७३ जना घाइते छन्। दुबईबाट चालक दलका सदस्यसहित १९१ यात्रु लिएर आएको बोइङ ७३७ विमान साँझ साँझ ७ः४१ मा दुर्घटनामा परेको थियो।

घाइतेमध्ये १६० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। सामान्य घाइते घर फर्किएका छन्। घाइतेमध्ये करीब २५ जना गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ।

कालिकट विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा दुई टुक्रा भएको थियो। रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ। उक्त समयमा त्यसक्षेत्रमा ठूलो वर्षा भइरहेको थियो।

दुर्घटनामा परे पनि विमानमा आगलागि भने भएन। भारतीय नागरिक उड्डयनका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले अवतरणको समयमा भिजिवलिटी २००० मिटर रहेको उल्लेख गरेको छ।

विमानको यो उडान बन्दे भारत मिसनु अन्तरगत थियो। भारतले कोभिड १९ महामारीमा विदेशबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउन यस्तो मिसन चलाएको छ। विमानमा सवारमध्ये २६ जना दुबईमा जागिर गुमेपछि फर्किएका थिए। ५४ जना भने घुम्न जाँदा कोभिड १९ का कारण उतै अड्किएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...