स्याङ्जामा चौथोपटक सलह देखिए

Salaha kira

स्याङ्जा । आधीखोला गाउँपालिकामा चौथो पटक सलह कीरा देखा परेको छ । असार १५ गते पहिलो पटक देखिएको सलह, साउन ४ र साउन २० गते देखिएको थियो ।

अहिले देखिएको सलह जिल्लामा सबैभन्दा धेरै भएको र कोदो लगायतका बालीको विनास बनाएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले बताउनुभयो ।

गाउँपालिकाको वडा नं ६ को लालिगुराँस, कलेनडाडाँ, बिमिरबोट मुद्रुपोला, ठुलीबेसीमा मा लाखौ सङ्ख्यामा रहेका छन भने अन्य वडामा समेत सलह रहेको स्थानीय हरिप्रसाद ढकालले बताउनुभयो । कोदो विनास पारेपछि लालिगुराँस टोलबाट लखेटेपनि ठूलीबेसीमा बालीमै सलह रहेको ढकालले बताउनुभयो ।

पटक पटक आएको सलहलाई समातेर ल्याउनेलाइ आँधीखोला गाउँपालिकाले ल्याउनेलाई प्रतिकिलो तीन सयका दरले नगद समेत दिएको छ र हालसम्म हालसम्म ३५ किलो सलह गाउँपालिकामा बुझाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...