उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनको लागि बन्द

६६६६६६६६६६६

काठमाडौँ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) को बैठकले कोरोना संक्रमण बढेका भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनको लागि स्थगित गर्ने भएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको शुक्रबार बसेको बैठकले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार अहिले पनि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक जारी छ ।

बैठकले अत्यावश्यक बाहेक सबै सार्वजनिक कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...