भदौ १ गतेदेखि सञ्चालन गरिने भनिएको अन्तराष्ट्रिय उडान निर्णय कार्यान्वयन नहुने

1255519407tia lgfvzmbkyf

काठमाडौँ । भदौ १ गतेदेखि सञ्चालन गरिने भनिएको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान निर्णय कार्यान्वयन नहुने भएको छ ।  दुई साता अघि बसेको मन्त्रीपरिषद्को बैठकले भदौ १ गतेदेखि उडान सुरु हुने निर्णय गरेको थियो ।

पछिल्लो केही समयदेखि देशका विभिन्न जिल्लामा कोरोनाको जोखिम बढ्दै गएपछि सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तराष्ट्रिय उडान तथा आन्तरिक उडान खोलिहाल्न  नहुने आवा आइरहेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्ने बताएका छन् ।

पछिल्लो केही दिनमा बढेको जोखिमका कारण पछिल्ला दिनमा बढेको जोखिमका कारण सरकारका सामु उदार भएर सेवा सञ्चालन गराउने अवस्था देखानपरेको मन्त्री खतिवडाले बताएका छन् । उनले विगत केही सातायता विभिन्न देशमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिएको उल्लेख गरे ।

सुरुमा केही हजारभन्दाभन्दै करिब ४५ हजारको त्यसरी उद्धार भइसकेको र अझै थप ४५ हजार आउन चाहनेको सूची विभिन्न दूतावासमा रहेको उनले बताए । चैत ११ गतेदेखि देशभरि लगाइएको लकडाउन भन्दा केही समय अगाडि देखि नै खासगरि नियमित अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका हुन्। देशव्यापी लकडाउन अहिले हटाइएको छ।

जोखिम बढ्दै गएपछि कतै फेरि लागु हुने त होइन भन्ने प्रश्नको जबाफमा बिहीवार मन्त्री खतिवडाले अहिले सरकारले त्यस्तो नसोचेको बताए। आर्थिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण भएकाले सबैजनाले स्वास्थ्य मापदण्ड पालना गरिदिएमा असहज स्थिति नआउने उनले बताए। साथै स्थानीय स्थिति हेरेर अहिलेपनि दुई दर्जनजति स्थानीय तहमा विभिन्न किसिमको लकडाउन लागु रहेको र आगामी दिनमा पनि परिस्थिति हेरेर स्थानीय निकायहरूले नै त्यस्ता कदम चाल्नसक्ने उनले बताए। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...