मिनीट्रक दुर्घटना, १७ जना घाइते, २ को अवस्था गम्भीर

Accident news

गाईघाट । कटारी नगरपालिकाको भोर्लेनीमा आज एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

कटारी–१० की २० वर्षीया वीना विक र सुनसरीको इटहरी उपमहानगरपालिका–१० की ३० वर्षीया कल्पना विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताएका छन् । उनीहहरुको उपचारका लागि तत्काल विराटनगर पठाएको इलाका प्रहरी कटारीले बताएको छ ।

अन्य घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचार पछि अहिले विराटनगर तथा सुनसरीको धरान उपचारको लागि रिफर भइरहेको पनि प्रहरीले बताएको छ । सवारी साधनका चालक फरार रहेको कारण उनको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...