भारतीय टीभी अभिनेता समीर शर्मा मृत भेटिए, आत्महत्याको आशंका

Sameer

भारतका लोकप्रिय टीभी अभिनेता समीर शर्मा मुम्बईस्थित घरमा मृत भेटिएका छन् । बुधबार राति उनको फ्लाटमा शव भेटिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भान्सा कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो । उनले आत्महत्या गरेको प्रहरीको आशंका छ । दुई दिनअघि नै उनले आत्महत्या गरेको आशंका गरिएको छ । सुसाइड नोट भने नभेटिएको मलाड पुलिस स्टेशनले बताएको छ ।

एक पुलिस अधिकारीले बीबीसीसँग भने, आत्महत्याको घटना भन्ने हाम्रो आशंका छ। उनले दुई दिनअघि आफैंलाई फाँसी लगाएको अनुमान गरिएको छ । शवलाई हामीले पोस्टमार्टमका लागि पठाएका छौं । ४४ वर्षीय समीरले क्योंकि सास भी कभी बहू थी कहानी घर–घर की र ये रिश्ते हे प्यार के जस्ता टीभी सिरियलमा काम गरेका थिए । प्रहरी अधिकारीका अनुसार, उनी गत फेब्रुअरी महीनादेखि आफ्नो फ्लाटमा एक्लै बसिरहेका थिए ।

दिल्ली घर भएका समीर सन् २००३ मा मुम्बई गएर अभिनयको करिअरमा केन्द्रित भएका थिए । उनले सन् २००४ मा स्टार वान च्यानलको सिरियल दिल क्या चाहता हे बाट सानो पर्दामा यात्रा शुरु गरेका थिए । उक्त सिरियलमा गरेको काम रुचाइएपछि उनले एकता कपूरको चर्चित सिरियल कहानी घर–घर की मा काम गर्ने मौका पाएका थिए ।

 

प्रतिकृया दिनुहोस