महरालाई अनिद्रा र तनाव, अझै केही दिन अस्पतालमै बस्ने

Krishna b maharaa o5gy8hgtah

काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा अझै केही दिन अस्पताल बस्ने भएका छन् । प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो ।

उनको रगतमा सुगर देखिएको छ । औषधी खाएकाले रक्तचाप केही ठीक भए पनि महरालाई अहिले अनिद्रा र तनाव (स्ट्रेस) को समस्या रहेको अस्पताल स्रोतले जानकारी दियो । उनलाई हाल क्याबिनमा राखिएको छ ।

महरालाई पहिल्यैदेखि श्वासप्रश्वासको समस्या थियो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो ।

महराले आफूमाथि बलात्कारको प्रयास र हिंसा गरेको शाहीले आरोप लगाएकी छन् । उनलाई पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो । उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...