अब शिक्षक बन्न विषयगत परीक्षा, स्थायी शिक्षक छनोटका लागि लिइने परीक्षा २ सय पूर्णांकको हुने

Teacher3

काठमाडौँ । स्थायी शिक्षक बन्न शिक्षक सेवा आयोगले लिने विषयगतसहित दुई सय पूर्णाँकको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावलीमा १० औं संशोधन गरेर सामान्य र विषयगत गरी दुई सय पूर्णांकको परीक्षा पास गर्नुपर्ने व्यवस्था गरेको हो । एक सय पूर्णांकको सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्रै अर्को एक सय पूर्णांकको विषयगत परीक्षामा सहभागी हुन पाइने नियमावली संशोधनमा छ ।

नियमावली स्वीकृत भइसकेकाले स्थायी शिक्षक छनोटका लागि लिइने आगामी परीक्षा २ सय पूर्णांकको हुने आयोगले जनाएको छ । नियमावली संशोधनमा स्थायी शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रावधान पनि परिवर्तन गरिएको छ ।विभागले गरेको आन्तरिक मूल्यांकन शिक्षा विकास तथा समन्वय इकाइ हुँदै आयोगसम्म आइपुग्ने व्यवस्था संशोधित नियमावलीमा गरिएको छ ।

आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षासमेत विषयगत रूपमा सञ्चालन गर्न थालेको छ । यसअघि तहगत रूपमा परीक्षा हुँदै आएको थियो । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा लिइने परीक्षालाई विशिष्टीकृत गरेर विषयअनुसार लाइसेन्स दिन लागिएको हो  ।

लाइसेन्स लिएपछि मात्र स्थायी शिक्षक पदका लागि आयोगको परीक्षामा उम्मेदवार बन्न पाइने प्रावधान छ । अस्थायी र करारमा शिक्षक नियुक्ति गर्दा पनि लाइसेन्स अनिवार्य छ । लाइसेन्सका लागि प्रथम पत्र र दोस्रो पत्रमा गरी एक सय पूर्णांकको परीक्षा सञ्चालन गरिएको हो ।

पहिलो पत्रमा सम्बन्धित विषय र शिक्षण कला गरेर ६५ पूर्णांकमा परीक्षा सञ्चालन गर्ने पाठ्यक्रम स्वीकृत भएको थियो । दोस्रो पत्रमा भने पेसागत ज्ञानसम्बन्धी ३५ पूर्णांकको परीक्षा लिइएको हो । साढे २ लाख परीक्षार्थीले विषयगत लाइसेन्सका लागि परीक्षा दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...