भयावह बन्दै काठमाडौँ उपत्यकाको अवस्था, उपत्यकाभित्र ८७ जनामा कोरोना संक्रमण भेटियो

1590588492 frwvd

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा उच्च तहका कर्मचारीसहित ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिँदा काठमाडौं उपत्यकाभित्र मात्रै पनि ८७ जनामा संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत विभिन्न जिल्लामा थपिएका ३ सय ६० जनासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको जानकारी दिएको छ । जसमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ८७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...