उपत्यकामा एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि

Corona updet 31

काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले काठमाडौं उपत्यकामा बुधबार एकैदिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

हिजो बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएको थियो,’ कोइरालाले भने, ‘ बुधबार नै बेलुका ७ बजेको रिपोर्टमा थप ४० जना संक्रमित थपिएका छन् ।” कोइरालाका अनुसार नयाँ थपिएका संक्रमितहरु अधिकांस प्रदेश नम्बर २ बाट उपत्यका प्रवेश गरेका तथा भारतबाट आएका व्यक्ति छन् ।

यस्तै कतिपय संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु छन् । उनीहरूमध्ये अघिकांश काठमाडौं जिल्लामा बसोबास गर्नेहरु रहेका छन् ।काठमाडौँ उपत्यकामा कोरोना संक्रमण न्युनिकरणका लागि सरकारले पनि विशेष पहल गर्नुपर्ने कोइरालाले बताए ।

उनले भारतीय सीमानाका तथा काठमाडौँ उपत्यका भित्रिने नाकाहरूमा समेत विशेष कडाइ गर्नुपर्ने बताए । अहिले देखिएको कोरोना संक्रमणको अवस्था बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने विज्ञहरुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...