जलवीरे खोलामा डुबेर एकजनाको मृत्यु

Dubera

काठमाडौँ । चितवनको जलवीरे खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरे खोलामा डुबेर इच्छाकामना–४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो ।

मगरको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

खोलामा डुबेर मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको संयुक्त टोलीले साँझ ५ः३० बजे खोलाबाट निकालिएको प्रहरी निरीक्षक तामाङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...