प्रदेश नं.१ मा १८ सङ्क्रमित

431121

काठमाडौँ । प्रदेश नं.१ मा आज १८ जना सङ्क्रमित थपिएका छन् । ६१६ जनामा गरिएको पीसीआर परीक्षणबाट आज आएको नजिजाअनुसार पाँच महिलासहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १४, इलाममा दुई, उदयपुर र सुनसरीमा एकरएक जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरमा चार महिलासहित १०, सुनबर्षीमा तीन र धनपालथानमा एक, इलामको इलाम नगरपालिका र सूर्योदयमा एक/एक, उदयपुरको त्रियुगामा एक महिला र सुनसरीको धरानमा एक जनामा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङख्या एक हजार १८९ पुगेको छ ।

प्रदेशमा ९० वर्षीया वृद्धासहित ५७ जना आज निको भई घरफर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट २१ जना सङ्क्रमण निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकामन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डा चुमनलाल दास र स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख ज्ञानबहादुर बस्नेतले विराटनगर केन्द्रबाट आज निको भई घरफर्कनेहरुलाई बिदाइ गरेका थिए । निको भई घर फर्कने पूर्वसङ्क्रमितहरुमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका ६/६, धनकुटा, उदयपुर र तेह्रथुमका एकरएक  जना रहेका छन् ।  प्रदेशमा निको हुने सङ्क्रमितको  सङ्ख्या ८८७ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...