लेबनानको बेरुतमा शक्तिशाली विस्फोट, ७८ जनाको मृत्यु

 113811809 berut3

बेरुत : लेबनानको बेरुतमा मंगलबार साँझ भएको शक्तिशाली विस्फोटमा ७८ जनाको मृत्यु भएको छन् भने हजारौं घाइते भएका छन् ।

लेबनानका स्वास्थ्य मन्त्री घसान हज्बानीका अनुसार दुई वटा शक्तिशाली विस्फोटमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने करिब ४ हजार जना घाइते भएका छन् ।

यसैगरी लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबारदेखि ३ दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको दाबी लेबनानी अधिकारीहरुले गरेका छन् ।

राष्ट्रपति माइकल इयोनले पनि ट्वीट गर्दै २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट असुरक्षित तरिकाले राखिनु अस्वीकार्य भएको बताउँदै घटनाको अनुसन्धान हुने बताएका छन् ।

यता विस्फोटका बारेमा अनुसन्धान सुरु भइसकोको अधिकारीहरुले जनाएका छन् । त्यस्तै लेबनानको सर्वोच्च अदालतको डिफेन्स काउन्सिलले दोषीहरुलाई कडा सजाय हुने बताएको छ ।

सन् २०१४ देखि एउटा गोदाममा विस्फोटक पदार्थ एमोनियम नाइट्रेट राखिएको बताइएको छ । विस्फोटका कारण गोदामको वरिपरि रहेका सबै भवनहरु ध्वस्त भएको प्रत्यक्षदर्शीका बताएका छन् । विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार उक्त विस्फोट बेरुतको बन्दरगाह क्षेत्रमा भएको हो । पहिलो विस्फोट भएको केही समयमा दोस्रो विस्फोट पनि भएको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस