पुनः लकडाउन गर्न र कर्फ्यु लगाउन बिज्ञहरुले दिए सुझाव, प्रधानमन्त्री सकारात्मक

Ccmc bigya chalfal baluwatar

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि जनस्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोना भाइरसको महामारी बढ्न थालेकाले पुनः लकडाउन लगाउन सरकारलाई सुझाव दिएका छन् ।

कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले आंशिक लकडाउनको सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले नै विज्ञ र विपक्षी दलसँग परामर्श गरेका हुन् ।

लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए । त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो ।

साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ । बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ । भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ । यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ ।

स्वास्थ्यको उक्त प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा विचाराधीन छ । यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नुपर्ने हुन्छ । लकडाउन अन्त्यसँगै सरकारले २६ असारदेखि जोरबिजोर प्रणाली हटाएको थियो ।

सरकारले केही दिनयता काठमाडौं प्रवेशमा पनि कडाइ गर्न थालेको छ । राति ७ देखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक अरूलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ । नाकामै कोभिड परीक्षण थालिएको छ ।

हवाई सेवा र लामो दूरीका यातायात साधन भदौ १ देखि सञ्चालनमा ल्याउने तयारी छ । तर पछिल्ला दिनमा संक्रमितको संख्या र मृत्युदर बढेपछि यातायात सञ्चालनको मोडालिटीबारे सरकारी संयन्त्र अलमलमा छन् ।

करिब ४ घण्टा चलेको छलफलमा नेपालमा कोरोनाको जोखिम बढेसँगै पुनः लकडाउन गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् ।

छलफलमा स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु पनि उपस्थित थिए । छलफलमा सहभागी अधिकांशले पुन लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए भने कतिपयले कडा कदम चाल्दै कर्फ्यु नै लगाउनुपर्ने सुझाव दिएका थिए ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरूले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका छन् । यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसाबले कमजोर रहेको अवस्थामा पनि सबै प्रबन्ध गरेर कोभिड–१९ नियन्त्रण र रोकथाम लागि प्रभावकारी कदम चालेको बताए ।

‘हाम्रो कार्यान्वयन एकदमै कमजोर रहेका होइन, स्वास्थ्यकर्मी, उपकरण र संरचनाका हिसाबले हामी कमजोर थियौँ”, प्रधानमन्त्री ओलीले भने, ‘हामीले यस महामारी आएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशको तुलनामा सफलता हासिल गरेका छौँ ।’

विज्ञहरूले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिनुभयो’, बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए ।

देशका अधिकांश मुख्य शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बृद्धि भईरहेकाले विज्ञहरुका सुझावलाई महत्वपूर्ण रुपमा लिँदै कार्यान्वयनमा लैजाने निष्कर्ष निकालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए । ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...