सरकारले भन्यो : अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किनु, चाडपर्व घरमै मनाउनु

Swasthya mantralya

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमण बढिरहेका बेला सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र सतर्कता अपनाउन आग्रह गरेको छ ।

जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न, घरबाहिर अतिआवश्यक अवस्थामा बाहेक ननिस्कन र भीडभाड नगर्न, चाडपर्व घरमा बसी मनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाभित्र पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको छ । मन्त्रालयले दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएपछि सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।स्वास्थ्य मन्त्रालयले एक सूचना गरी सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

मंगलबार मन्त्रालयद्धारा प्रकाशित सूचनामा भनिएको छ’, ‘शंकास्पद संक्रमितहरुको खोजपडताल गर्ने काम भइरहेको छ । शंकास्पद व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु र जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले नजिकको स्वाब संकलन केन्द्रमा गई परीक्षण गर्नुहुनु अनुरोध छ ।’

मंगलबार मात्रै काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरका १३, काठमाडौँका ४८ जना, ललितपुरका १ गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

२४ घण्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म देशभरी संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । खासगरी साउन ८ मा लकडाउन हटाएपछि नेपालमा संक्रमितको संख्या पनि बढेको बढ्यै छ । संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस