लकडाउन कडाइ गर्ने, कर्फ्यु लगाउनेदेखि सिल गर्नेसम्मको सुझाव

5f294980e8854 pm covid chalfal

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताउनुभएको छ । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार विज्ञहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो ।

अहिलेको कोरोना संकट सल्टाउन सबैको भूमिका अनिवार्य रहने भएपनि सरकारको मात्र विरोध गर्ने र मान्छे भड्काउने काम उचित नरहेको उहाँले बताउनुभयो । भयाभह स्थिति छँदैछ, सीमाबाट मान्छे स्वस्फूर्तरुपमा आउन दिने हो भने झन अवस्था विग्रन्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, आउन दिने हो तर परीक्षण गरेर मात्र घर पठाउनुपर्छ, त्यसमा नागरिकले सहयोग गर्नुपर्छ ।

“जनताको जीवनभन्दा ठूलो कुरा केही होइन, हामी सबै त्यसमा केन्द्रित भएर अगाडि बढ्न जरुरी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोभिड १९ को संयुक्त लडाईमा हरेक देशबासीले आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यक छ ।” कोरोना विरुद्ध ज्यान जोखिममा राखेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्वयम्सेवकले भूमिका निर्वाह गरिरहनुभएको भन्दै उहाँले प्रसंशा गर्नुभयो । सरकारले २५ भन्दा बढी व्यक्तिलाई एक ठाउँमा जम्मा हुन नदिने भनेको भएपनि पार्टीभित्रै त्यसको अवमूल्यन भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, यस्तो अवस्थामा पार्टीका नेताले केन्द्रीय कमिटीको बैठक माग गरिरहेका छन्, मान्छे भड्काउने काम गरिरहेका छन्, यो उचित होइन । लकडाउन लगाउँदा किन लगाइस् भन्ने, लकडाउन खोल्दा किन खोलिस् भन्ने गलत मानसिकता साथ टिप्पणी भइरहेको छ” भन्दै प्रधानमन्त्री ओलीले सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । सरकार देश र जनताको स्वास्थ्यमा संवेदनशील रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

यसैबीच करिब साढे चार घण्टा लामो आजको छलफल अत्यन्तै उपलब्धिमूलक रूपमा टुंगिएको र विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

त्यस्तै अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिइएको छ निष्कर्षमा प्रधानमन्त्रीज्यूले विभिन्नखाले सुझावहरू आएकोमा सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने तथा सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने उल्लेख गर्नुभएको थापाले जानकारी गराउनुभयो ।

छलफलमा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित रहनुभएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...