तमू अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

Tamu sammelan

काठमाडौं । आजदेखि काठमाडौंमा पहिलो तमू अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । सम्मेलनमा करिब ७ सय प्रतिनिधिको सहभागिता रहनेछन् ।

विश्वभरका तमू (गुरुङ) हरुलाई एकताबद्ध गरी तमू (गुरुङ) हरुको स्वःपहिचान र इतिहासलाई जीवन्त राख्नुका साथै तमू (गुरुङ) समुदायको हक, हित र सुमन्नतिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सम्मेलनको आयोजना गरिएको हो ।

तमु ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद्ले आयोजना गरेको सो सम्मेलनमा बेलायत, अमेरिका, युरोप, हङकङ, जापान, भारतलगायत ३५ देशमा रहेका तमुहरुको सहभागिता रहनेछन् ।

सम्मेलन आयोजक समितिका संयोजक तथा तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङका अनुसार कार्यक्रममा लागि करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिको अध्यक्ष रेशम गुरुङको संयोजकत्वमा २५१ सदस्यीय मूलआयोजक समिति गठन भइसकेको छ । सो समितिमा विभिन्न तमु संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी छन् ।

सम्मेलनको नारा नै ‘सम्पूर्ण तमू (गुरुङ)हरुको आह्वान ! एकता, अस्तित्व र पहिचानका लागि ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन’ भन्ने छ । त्यसैले सम्मेलनमा विशेषतः तमुहरुबीचको एकता, अस्तित्व र पहिचानका विषयमा व्यापक छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...