साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

U 15 mahila football

काठमाडौं । भुटानमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । आजै हुने अर्को खेलमा भारतले भुटानसँग खेल्नेछ ।

थिम्पुमा हुने खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे शुरु हुनेछ । प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो ।

प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा नेपाल भारतसँग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो । बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो ।

भारत र बंगलादेश दोस्रो खेलमा जित निकाल्दै फाईनल यात्रा तय गर्न चाहन्छन् । राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...