‘छ माया छपक्कै’ आज रिलिज

Chha maya chapakkai

काठमाडौं । दिपकराज गिरीले ‘छक्कापञ्जा’ को सफलतापछि ‘छ माया छपक्कै’ निर्माण गरेका छन्, जुन आज रिलिज भएको छ । यसअघि फिल्मको ‘जूनको जुनेली’ बोलको गीत रिलिज भइसकेको छ ।

दीपेन्द्र लामाको निर्देशन रहेको ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतको प्रमुख भूमिका छ ।

हित अधिकारी निर्माता, केदारप्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन् ।

राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको विषयमा बनेको फिल्मले ‘छक्का पञ्जा’ भन्दा फरक शैलीमा रहेको निर्माण पक्षले जनाएको छ ।

दीपकराज गिरीको पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यु निरवीले मिलेर संवाद तयार पारेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...