आयोगले तोक्यो उपनिर्वाचनको केन्द्र र मतदाताको नामावली

Nirwachan aayog bilding

काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा उपनिर्वाचनको मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले तीनै तहको ५२ पदका लागि हुने उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको हो ।

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कुल मतदाता चार लाख ५४ हजार ११४‍ रहेको छ । उपनिर्वाचनमा महिला मतदाता दुई लाख ३३ हजार ४०२ जना, पुरुष मतदाता २ लाख २० हजार ७१० जना र अन्य लिंगी मतदाता दुई जना छन् ।

उपनिर्वाचनको तयारी तीव्र भइरहेको जानकारी दिँदै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदका लागि हुने उपनिर्वाचनमा सहभागी मतदाताको अन्तिम मतदाता नामावली बिहीबार स्वीकृत गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव गिरिजा शर्माले उपनिर्वाचन प्रयोजनको लागि अन्तिम मतदाता नामावली समेत स्वीकृत गरिएको जानकारी दिए ।

अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अध्यावधिक (दाबी विरोध) कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा ‍७१ हजार ८७१ जना मतदाता रहेको आयोगले जानकारी दिएको छ। प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार ०१५ जना, ३६ हजार ९२६ जना र ७३,१७२ जना मतदाता रहेको आयोगले जनाएको छ ।

आयोगले मतदान केन्द्र पनि तोकिसकेको जानकारी दिएको छ । उपनिर्वाचन प्रयोजनको लागि मतदान केन्द्र तोक्दा बढीमा एक हजार एकसय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको छ ।

उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहेको उनले बताए । ८०० वा सो भन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका छन् भने ८०० भन्दा कम मतदाता रहेका केन्द्र २०० रहेको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...