सीको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड

Press code

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड तोकेको छ । निजी सञ्चारमाध्यमका एकजना पत्रकार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका लागि पास दिएको छ ।

सूचना तथा प्रसारण विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि ‘टाइसहित सुट सेट’ र महिलाका लागि ‘सुट सेट, सारी वा सभ्य कुर्ता’ तोकिएको छ ।

राष्ट्रपति सी नेपाल र भारतको भ्रमणका लागि शुक्रबार निस्कँदैछन् । शनिबार दिउँसो नेपाल आइपुग्ने उनी आइतबार स्वदेश फर्किनेछन् ।

राष्ट्रपति सी शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् । साढे ४ बजे उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नेछन् ।

आइतबार बिहान साढे ८ बजे होटल सोल्टीमा चीन नेपाल द्वीपक्षीय वार्ता हुनेछ । उक्त वार्ता सकेर उनी साढे १० बजे स्वदेश फिर्तीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...