अवकास पाउनुअघि वीरबहादुर राईलाई सरकारले बनायो सचिव

Bir bdr rai

काठमाडौँ । सरकारले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गरेको छ । राई यही भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । राई सिँहदरवारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय वीरबहादुर राई, चन्द्रमान श्रेष्ठ, र गोकर्णमणि दुवाडीको नाम सिफारिस गरेको थियो ।

श्रेष्ठले केही दिनअघि भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि दोस्रोपटक सचिवका लागि उनको नाम सिफारिस भएको हो । सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव दुवाडीको नाम भने समितिले पाँचौ पटक सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस