सीको भ्रमणबारे प्रधानमन्त्री छलफलमा व्यस्त, ओलीले गरे पूर्वप्रधानमन्त्रीहरु र सरोकारवालासँग भेट

Baluwatar vet xi

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरु र सरोकारवालासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको क्रममा उठाउने एजेण्डाको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वप्रधानमन्त्री र सरोकारवालासँग छलफल चलाएका हुन् ।

छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), डा. बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, खिलराज रेग्मी लगायतको सहभागिता रहेको थियो ।

चिनियाँ राष्ट्रपतिको तर्फबाट २३ वर्षपछि हुन लागेको यो भ्रमणमा प्रभावकारी बनाउन आवश्‍य एजेण्डामा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीबाट सुझाव मागे । विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने प्रचलनअनुसार नै छलफल सुरु गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...