विराटनगरमा कोरोना संक्रमितको खाजा, मटरको झोलमा कीरा

Curry1 dlj26lw0ti

विराटनगर । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा सोमबार बिहान बिरामीहरूलाई दिएको खाजामा कीरा भेटिएको छ । हाल ६० जना उपचाररत केन्द्रको व्यवस्थापनको जिम्मेवारी प्रदेश १ सरकारको रहेको छ ।

खाजामा दिइएको मटरको झोलमा कीरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा बताएकी छिन् । ‘संक्रमितले खाइहाल्छन् भन्दै हेला गरेर खाजा दिए जस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने होइन ?’ केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले यस्तो भएको बताए ।

कमसल खालको पुरानो मटर केराउ परेको र राम्रोसँग केलाउँदा केराउभित्र रहेको कीरा बाहिर निस्किएको उनको भनाइ छ । खाना स्वास्थ्य मापदण्ड अनुरूप नभएको जानकारी पाएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...