घर भाडा छुट गर्ने नगरपालिका र पत्रकार महासंघलाई बाणिज्य संघको धन्यवाद

Dkt nagarapalika

धनकुटा । लकडाउनका कारण व्यापार व्यावसाय बन्द भई संकटमा परेका व्यापारी तथा व्यवसायीहरुलाई धनकुटा नगरपालिका र नेपाल पत्रकार महासंघ धनकुटाले व्यापारीक भवनहरुको भाडा छुट गरेका छन् ।

लकडाउनका कारण ठूलो संकटमा परेको अवस्थामा धनकुटा नगरपालिकाले धनकुटा बसपार्कको व्यापारीक भवनहरुको भाडा र नेपाल पत्रकार महासंघ धनकुटा शाखाले पनि सटरहरुको भाडा छुट गरेका थिए ।

धनकुटा नगरपालिकाले धनकुटा बस पार्कको व्यापारीक भवनहरुको भाडा लकडाउन अवधिभरको छुट दिएको र अहिले पनि सार्वजानिक यातायात संचालन नहुँदा त्यहाँ व्यापार व्यवसाय नभएका कारण साउन महिनासम्मको भाडा छुट गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

धनकुटा बसपार्कको नगरपालिकाको व्यापारीक भवनमा व्यावसाय संचालन गर्ने व्यापारीहरुलाई ठूलो राहत भएको छ । नगरपालिकाको निर्णयसँगै त्यहाँ व्यवसाय संचालन गरिरहेका झण्डै एक सय जना व्यवसायी खुसी बनेका छन् ।

धनकुटा नगरपालिका, नेपाल पत्रकार महासंघसहित लक डाउनको कारण चरम संकटमा परेका धनकुटाका व्यापारी तथा व्यवसायीहरुलाई धनकुटाका घरधनीहरुले पनि घर भाडा छुट गरी दुःखमा सहयोग गरेकोमा धनकुटा उद्योग बाणिज्य संघले सबैलाई धन्यवाद दिएको छ । धनकुटा बजार, हिले बजार र धनकुटा जिल्लाभरीका घरधनीप्रति समेत धनकुटा उद्योग बाणिज्य संघले विज्ञप्ती जारी गर्दै आभार व्यक्त गरेको छ ।

धनकुटा जिल्लाभरी अहिलेसम्म ५ सय १८ जना घरधनीहरुले घर भाडा मिनाहा गरिसक्ने भएको र अहिले पनि घर भाडा मिनाहा गर्ने क्रमजारी रहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

उद्योग बाणिज्य संघले व्यापारी तथा व्यावसायीहरुको लागी बैक तथा वितिय संस्थाहरुको ऋणको व्याज मिनाहा, किस्ता बुझाउने म्याद सार्ने, घर भाडा छुट गर्न अनुरोध गर्दै विभिन्न अभियानहरु संचालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस