अधिकारीको खेलमा यसरी नाटकीय रुपमा घट्यो टेलिकमको बार्षिक नाफा

कसले डुबाउँदैछ नेपाल टेलिकमलाई ?

Md dilliram

काठमाडौं । नेपालमा नाफामा गएको सबैभन्दा ठूलो संस्था हो नेपाल टेलिकम । तर, विगत लामो समयदेखि नै टेलिकमलाई डुबाएर आफु मोटाउने कामममा सरकारी कर्मचारी र मन्त्रीहरु नै लागेका छन् ।

पछिल्लोपटक पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाका विश्वासपात्र मानिने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी नेपाल टेलिकमलाई जनकपुर चुरोट कारखाना बनाउने अभियानमा सक्रिय भएका छन् ।

बाँस्कोटाले डिल्लीराम अधिकारीलाई टेलिकमको एमडीमा नियुत्ति गरेसँगै फोरजी नेटवर्क अपग्रेटमा मोटो रकम हिनामिना गरेको आरोप लागेको थियो ।

तर कडा शब्द प्रहार गर्ने बाँस्कोटाका अगाडी सञ्चारमाध्यम लगायत टेलिकमका कर्मचारीहरु निरिह बनेका थिए । त्यती मात्रै होईन नेपाल टेलिकममा अधिकारी एमडीमा नियक्ति भएसँगै टेलिकमको बार्षिक नाफा नाटकीय रुपले घटेको छ ।

अघिल्लो आर्थिक बर्ष १५ अर्ब नाफा गरेको टेलिकम यस आर्थिक बर्षमा ६ अर्बमा संकुचित भएको बताइएको छ । मन्त्री गोकुल बाँस्कोटाले टेलिकममा ठाडो हस्तक्षेप गरी डिल्लीराम अधिकारी १० औं तहमा रहेका बेला २ पदमाथि १२ औं तह अर्थात एमडी तानेका थिए ।

एमडी अधिकारीले कर्मचारी कार्यविधी नै परिवर्तन गरेर आफु पुनः टेलिकम नछोड्ने जालो बुनिरहेको कर्मचारीहरुको आरोप छ । तल्लो तहका कर्मचारीहरुको वृत विकास हुन नपाउँने गरी एमडी नै फेरि प्रबन्ध निर्देशक बन्न मिल्ने गरी कार्यविधीमा परिवर्तन गर्न लागेपछि कर्मचारीहरु संघर्ष समिति नै बनाएर आन्दोलित बनेका थिए ।

एमडी अधिकारीको ठाडो हस्तक्षेपपछि टेलिकमलाई आजको विनिमयको आधारमा १२ करोड घाटा हुने गरी लागत प्रस्ताव गरेको (२६ लाख ७० हजार अमेरिकी डलर) चाईना मोबाईल कम्पनीलाई छनौट (एलओआई) गरेको छ । यो प्रकरणले टेलिकममा आजको बिनिमय दरअनुसार १२ करोड रुपैयाँको चलखेल भएको देखिएको छ ।

कम लागत प्रस्ताव गर्ने कम्पनी इन्सपुर सफ्टवेयरलाई ठेक्का नदिएर सबभन्दा बढी लागत प्रस्ताव गर्ने चाइना मोबाइललाई ठेक्का दिएपछि एमडी अधिकारीको टेलिकमभित्र र बाहिर चर्को आलोचना भइरहेको छ । ईन्सपुर सप्टवयरले २० करोड (१६ लाख ५० हजार डलर) को ठेक्का प्रस्ताव गरेको थियो ।

तर बाँस्कोटाको दबाबमा एमडी अधिकारीले ३२ करोड (२६ लाख ७० हजार अमेरिकी डलर) प्रस्ताव पेश गर्ने कम्पनीलाई टेलिकमले छनौटको आशयपत्र दिएपछि टेलिकमलाई अधिकारीले जनकपुर चुरोट कारखाना झै डुबाउन लागेको भन्दै टेलिकमका कर्मचारीले केही दिन अघि संघर्ष समिति बनाएर आन्दोलनको घोषणा गरेका थिए ।

कांग्रेसका नेता महतको पथमा अधिकारी
एमडी अधिकारीले कांग्रेसका पूर्वअर्थमन्त्री डा. रामशरण महतको झै नेपाल टेलिकमलाई डुबाउन लागेकोे टेलिकमका उच्च अधिकारी बताउँछन् ।

टेलिकम आफैले गरेको पूर्वयोग्यता मूल्यांकनमा योग्य ठहरिएका कम्पनीलाई कम मूल्य प्रस्ताव गरेकै आधारमा अस्वीकृत गरिएको छ भने बढी मूल्य प्रस्ताव पेश गर्ने कम्पनीको बोलपत्रलाई छनौटको आशय सहितको पत्र दिइएको छ ।

टेलिकमले अघिल्लो वर्ष साउन २२ गते एउटा ठेक्का आह्वान गरेको थियो । जसमा क्लाउड प्लेटफर्म, बिग डाटा वायरहाउस एण्ड एनालाइटिक्स सम्बन्धी सामानको आपूर्ति गर्ने, ढुवानी गर्ने र त्यसलाई ल्याएर स्थापना (इन्स्टलेसन) गर्ने कम्पनीलाई प्रस्ताव पेश गर्न भनिएको थियो ।

त्यो टेन्डर खुलेको डेढ महिनापछि अर्थात् सेप्टेम्बर २५ तारिखमै खोल्ने भनिए पनि १० दिन अघि अर्को सूचना जारी गर्दै त्यसको समय थप गरिएको थियो ।

टेलिकमले आह्वान गरेको सो टेन्डरमा ९ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये ८ वटा कम्पनीलाई मूल्यांकन समितिले योग्य ठहर्याएको थियो ।

त्यसरी योग्य सूचीमा पर्ने कम्पनीमध्ये ५ वटा चिनियाँ, एउटा भारतीय, एउटा श्रीलंकन, एउटा नेपाली र भारतीय कम्पनीले संयुक्त रुपमा काम गर्नेगरी प्रस्ताव गरेका कम्पनी थिए । बोलपत्रमा सहभागी भएको सूर्या इन्टरप्राइजेजलाई भने मूल्यांकन समतिले अयोग्य ठहर्याएको थियो ।

यस्तो थियो ठेक्का प्रस्ताव

टेलिकमको मूल्यांकन समितिले योग्य ठानेका आठवटा कम्पनीमध्ये चिनियाँ कम्पनी इन्सपुरले उक्त ठेक्काको लागि १६ लाख ५० हजार अमेरिकी डलरको लागत प्रस्ताव गरेको थियो ।

त्यस्तै, चीनकै बेइजिङ युइएन टेक्नोलोजीले १८ लाख १० हजार, एशिया इन्फो इन्भोटेसन टेक्नोलोजी कन्सोर्टियमले २६ लाख ७० हजार तथा चाइना मोबाइलले २६ लाख ७० हजार अमेरिकी डलर बराबरको लागत प्रस्ताव गरेका थिए ।

भारतीय कम्पनी स्टेरलाइट टेक्नोलोजीले २८ लाख ५० हजार, श्रीलंकाको लङ्का बेलले ५० लाख, ओबीसीएन र एभीआईभीए कन्सोर्टियमले ६५ लाख तथा चीनकै अर्को कम्पनी हवाले क्लाउड टेक्नोलोजीले १ करोड अमेरिकी डलरमा त्यस्तो बेलपत्रको आर्थिक प्रस्ताव पेश गरेका थिए ।

सूर्य इन्टरप्राइजेज नामक कम्पनीलाई भने आवश्यक कागजात नपुगेको भन्दै अयोग्य ठहर्याएकोले सो कम्पनीले पेश गरेको आर्थिक प्रस्तावलाई खोलेर हेरिएन ।

सार्वजनिक खरिद नियामावलीको प्रावधान अनुसार पूर्वयोग्यता निर्धारणमा सफल भएका कम्पनीहरुमध्ये जसले कम मूल्यको बोलपत्र प्रस्ताव गर्छ, सोही कम्पनीलाई छनौट गर्नुपर्छ । तर, टेलिकमले भने १२ करोड रुपैयाँ भन्दा बढी व्ययभार पर्नेगरी बढी लागतसहितको बोलपत्र पेश गर्ने कम्पनीलाई आइतबार मात्रै छनौटको आशयपत्र (एलओआई) दिईसकेको छ ।

ठेक्कामा राजनीतिक हस्तक्षेप
कम लागतको ठेक्का छाडेर धेरै लागत प्रसताव गर्ने कम्पनीलाई छनौट गर्ने आशय दिएकोमा चाइना मोबाइलभन्दा कम मूल्यमा ‘बिङ’ गर्ने तीनवटै कम्पनी असन्तुष्ट छन् । ती कम्पनीहरुले आशयपत्र दिइएको दिन आइतबार नै गुनासो दर्ता गराइसकेका थिए ।

आशयपत्र दिइएको ७ दिनभित्र त्यस्तो गुनासो दर्ता गर्नसक्ने व्यवस्था छ । तर टेलिकमले हाल कसैलाई पनि त्यसको जवाफ पठाइएको छैन । यसले राज्यको स्वामित्व रहेको टेलिकमको प्रतिस्पार्धात्मक क्षमता घट्दै जान्छ ।

यदि उनीहरुले त्यस्तो केही गरेनन् भने पनि २० करोडमा हुने कामलाई ३२ करोड भन्दा बढी तिर्न बाध्य पारेर टेलिकमलाई १२ करोडको नोक्सान हुन्छ । टेलिकमलाई १२ करोड बढी ठेक्कामा दिन बालुवाटारले अख्तियारलाई प्रभावित पारेको बताईन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...