महराका आफन्तसँग सोधपुछ सुरु

Mahara 22

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महाराको आफन्त र नजिकका नातेदारसँग प्रहरीले सोधपुछ गर्न थालेको छ ।

संसद सचवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले १९ गते पक्राउ गरेको थियो । असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन् ।

प्रहरी हिरासतमा रहेका महरासँग लिखित बयान लिनुअघि प्रहरीले उनका आफन्तसँग सोधपुछ सुरु गरेको हो । प्रहरीले महराका आफन्त र छोराहरूसँग पनि घटना लगायतका विषयमा कुराकानी गर्न थालेको छ ।

२८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा म्याद थपका लागि उपस्थित गराउनेछ । त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद प्राप्त गर्दै मुद्दाको प्रक्रिया अघि बढाउने छ । प्रहरीले म्याद थप गर्दै अनुसन्धान समाप्त गरेमा मुद्दा दायर गर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...