फ्रान्सेली र स्वीस नागरिकको हेलिकप्टरमार्फत उद्दार

Mustang news

मुस्ताङ । उपल्लो मुस्ताङका विभिन्न स्थानबाट विदेशी नागरिकको उद्दार गरिएको छ । एक सातामा ४ पटक फरक फरक समयमा फ्रान्सेली र स्वीस नागरिकको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

पछिल्लो पटक मंगलबार एभरेस्ट एयरको हेलिकप्टरमार्फत् फ्रान्सेली नागरिक स्यान्ड्रिनेडियन न्याडेगपेरीको उद्दार भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।

समुद्री सतहदेखि करिब ४ हजार मिटर माथिको पर्यटकीय गन्तब्यमा पुगेका विदेशी पर्यटकलाई लेख लाग्ने ९हाई अल्टिच्युड० समस्या पर्ने गरेको छ । उनलाई फ्रेन्च दूतावासको समन्वयमा उपल्लो मुस्ताङको धार्मिकस्थल दामोदरकुण्ड नजिकैबाट उद्दार भएको हो ।

एक नेपाली प्रथपर्दशक सहित ३ जना फ्रान्सेलीको टोली एक साताअघि उपल्लो मुस्ताङको भ्रमणमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोमस्थित एक्याप पर्यटक चेकपोस्टले जनाएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित दामोदरकुण्डबाट फर्किने क्रममा फ्रान्सेली नागरिक न्याडेगपेरीको स्वास्थ्य अवस्था प्रतिकूल बनेको थियो । उनलाई श्वाश–प्रश्वासमा समस्या, टाउको दुख्ने, रुघा लाग्ने जस्ता समस्या देखिएको थियो ।

स्वास्थ्यअवस्था खराब भएपछि सिधै दूताबासको सम्पर्कमा पुगेका न्याडेगपेरीको एभरेस्ट एयरको हेलीले दामोदरकुण्डबाट मंगलबार नै काठमाडौं लगेको प्रजिअ अर्यालले बताए । हिउँदयाममा मौसम चिसो हुने र उच्च हिमाली क्षेत्र भएकाले त्यहाँ पुग्ने पर्यटकलाई अक्सिजनको समस्या पर्ने गर्छ । अक्जिनकै कारण श्वासप्रश्वासको समस्याले पर्यटक बिरामी पर्ने गर्छन् ।

उपल्लो मुस्ताङको २ वटा गाउँपालिका निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्दछन् । त्यहाँ पुग्ने पर्यटकले सरकारलाई ५०० अमेरिकी डलर रोयल्टी बुझाएपछि मात्र विदेशी पर्यटक उपल्लो मुस्ताङ भ्रमण गर्न सक्छन् । सरकारले राउन्ड अन्नपूर्ण र तल्लो मुस्ताङका लागि भने शुल्क तोकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...