एनआरएनएको नवौं विश्व सम्मेलन काठमाडौंमा हुने, सहभागी आउन थाले

Nrn news

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ । सो सम्मेलनमा ५५ देशका करिव २२ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनेछन् ।

असोज २८ गते हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय भएको छ ।

सो सम्मेलनमा भाग लिन प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भएको छ । एनआरएनएका सचिव जानकी गुरुङका अनुसार ५० भन्दाबढि देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आईसकेका छन् । सम्मेलनमा बिहीबारबाट सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम शुरु हुनेछ । सम्मेलनमा सहभागीले २७ गतेसम्म नाम दर्ताको काम सकिसक्नुपर्ने एनआरएनले जनाएको छ ।

सम्मेलनमा सबैलाई सहभागी हुन एनआरएनले आह्वान गरेको छ । हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...