टी–ट्वान्टी सिरिजमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित

Kriket 22

काठमाडौं । पाँच देशीय टी–ट्वान्टी सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ ।

नेपालका मध्यक्रमका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले लक्ष्य पुरा गर्न सकेन । सुरुवाती ब्याट्सम्यानले सन्तुलिन ब्याटिङ प्रर्दशन गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

आरिफ शेखले २६ रन बनाएको ईनिङ्समा ओपनरद्वय पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाएका थिए । दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए ।

तर मध्य र तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो अंकको स्कोर समेत छुन नसकेपछि नेपाल पुन आयरल्याण्डसंग हार्न पुगेको हो ।

आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक ३ विकेट लिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए । एन्ड्री बलबीनीले ३८ रन बनाएर आउट भएका थिए । तर अन्य ब्याट्सम्यानको प्रर्दशन उल्लेख्य रहन सकेन ।

सन्दीप लामिछानेले आयरल्याण्डका आक्रमक ब्याट्सम्यान केभिन ओ ब्रोएनलाई ५ रनमा पोविलियनको बाटो देखाउँदै नेपाललाई सहज सुरुवात दिलाएका थिए ।

नेपालका अविनाश बोहरा र सन्दीप लामिछानेले समान २ तथा ललित राजवंशी र करण केसीले समान एक विकेट लिएका थिए ।

नेपाललाई हराउँदै आयरल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट ६ अंक जोडेको छ । नेपाल २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

यसअघि आइतबार भएको पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोमबार नेदरल्याण्डलाई हराएको थियो । उता आयरल्यान्डले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो भने आयोजक ओमानसँग हार चाखेको थियो ।

ओमान क्रिकेटले आयोजना गरेको शृंखलामा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...