टीका लगाएनन् कृष्णबहादुर महराले, पूरै दशैं हिरासतमै बित्ने

Krishna bahadur mahara

काठमाडौं । नेपाली राजनीतिमा भद्र व्यक्तिको रुपमा लिइन्थ्यो कृष्णबहादुर महरालाइ । महरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एकदम नजिकका सहयोगी पनि हुन् । तर उनी आइतबारदेखि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा हिरासतमा छन् ।

पुर्वसभामुखलाई सिंहदरबार वृत्तको एक छुट्टै कोठामा राखिएको छ । ‘सिनियर अभियुक्त’ पक्राउ पर्दा त्यहीँ राखिँदै आएको छ । प्रहरीका अनुसार महरा उच्च रक्तचापका बिरामी भएकाले कोठामै अक्सिजन राखिएको छ । उनले आवश्यक परेको बेला अक्सिजन लिने र सहज भएको बेला झिक्ने गरेका छन् ।

महरालाई चिकित्सकको टोलीले थुनुवा कक्षमै आएर चेकजाँच गर्छ । उनलाई भेट्नका लागि परिवारका सदस्यबाहेक अरु कसैले पनि भेट गरेका छैनन् । कहिले आफन्तले ल्याइदिएको खानेकुरा खाइरहेका छन् कहिले प्रहरीकै मेसमा पाकेको खानेकुरा पनि खान्छन् ।

देशभर दशैं मनाइरहँदा पुर्वसभामुख कृष्णबहादुर महरा भने महाअष्टमीको दिन साँझ प्रहरी हिरासतमा पुगेका महराले प्रहरी हिरासतमा रहेको बेला परिवारका सदस्यसँग दशैंको टीका लगाएनन् ।

तीन दिनदेखि पुर्वसभामुख महरा त्यहीँको थुनुवा कक्षमा छन् । अदालतमा दशैं बिदा भएकाले पुर्वसभामुख महरालाई २८ गते मात्रै अदालतमा पेश गरिनेछ । दशैंको दोस्रो दिनमा पक्राउ परेका पुर्वसभामुखको पूरै दशैं हिरासतमै बित्नेछ ।

संसद् सचिवालयकै एक कर्मचारी रोशनी शाहीमाथि यौन दूराचारको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए । आरोप लागेको एक सातापछि आइतबार प्रहरीले उनलाई सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...