टीका लगाउन हिडेका श्रीमान र श्रीमतीको खोलाले बगाएर मृत्य

Khola mrityu

दैलेख । दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवमा टीका लगाउन हिडेका श्रीमान र श्रीमतीको खोलाले बगाएर मृत्यु भएको छ ।

टीका लगाउन माइत जाने क्रममा ४० वर्षीया खगिसरा सुनार र उहाँका श्रीमान ४५ वर्षका इन्द्रबहादुर सुनारको मंगलबार साझ खोलाले बगाएर मृत्यु भएको हो ।

घरबाट साँझ अबेर हिँडेका र खोला तर्दै गर्दा कसैले देखेको कारण राति माछा मार्ने जलारीले ‘सरिल’मा अड्किएको माछा मार्नेहरुले उनीहरुको शव बुधबार विहान शव फेला पारेका हुन् । इन्द्रबहादुरले दशैँको दिन अलि बढी रक्सी खाएका कारण अरु दिन तर्ने गरेको घाट तर्न बल नपुगेर खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

इन्द्रबहादुरको शव माछा थुन्न बनाएको ‘सरिल’मा अड्किएको र खगिसरा त्यहाँदेखि अलि माथि खोलामै डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।

माथि मालीघाट र तल कुयलकुना पुग्न झण्डै एक–एक किलोमिटर हिँड्नुपर्ने भएकोले छोटो बाटोको लागि पहिलेदेखि नै तर्ने गरेको स्यालखाडा घाटबाट कोटिला निस्कन लाग्दा पानीको बहावले धकेलेर दम्पतीलाई बगाएको हुनसक्ने दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्रबहादुर थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...