उपत्यकामा पनि बढ्यो कोरोना संक्रमण, उपत्यकामा ५१ जनामा संक्रमण पुष्टि

Kathmandu 22

काठमाडौं । आइतबारभन्दा सोमबार काठमाडौं उपत्यकामा २० जना बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ४३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा ३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

संक्रमितहरु कुन ठाउँका हुन् भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुलाएको छैन ।

आइतबार पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका एकज नामा कोरोना भाइरसको संक्रमण भएकोमा त्यो संख्या बढेर सोमबार ५१ जना पुगेको छ

प्रतिकृया दिनुहोस