ट्राभल हिस्ट्री विनै प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारलाई कोरोना संक्रमण पुष्टि

Dr.chudamani acharya

विराटनगर । प्रदेश १ का मुख्य न्यायाधिवक्ता डा. चूडामणि आचार्यसहित परिवारका लामो समयदेखि बाहिर कतै यात्रा गरेको छैन । तर पनि आचार्यसहित तीन जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आचार्यको परिवारले आफू र परिवारका सदस्यलाई कडा खालको ज्वरो आएको भन्दै कार्यालय पनि गएका थिएनन् । उनी सार्वजनिक कार्यक्रममा त गएकै थिएनन् । तर पनि आचार्यको परिवारका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका प्रारम्भिक लक्षणका आधारमा स्वाब परीक्षण गर्दा आचार्यलाई कोरोना पोजेटिभ देखिएको हो । प्रदेश १ सरकारका उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको यो पहिलो हो । आचार्य, उनकी श्रीमती र छोरालाई कोरोना पोजेटिभ देखिएको हो ।

परिवारका सबै सदस्यलाई ज्वरो आउन थालेपछि आचार्य आफैंले स्वाब परीक्षण गराएका थिए । मुख्य न्यायधिवक्ताको सचिवालयका अनुसार उनीहरुमा कोरोना कसरी देखियो भनेर अहिलेसम्म स्रोत खुलेको छैन ।

आचार्यका परिवार विराटनगर महानगरपालिका ५ स्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइन बसेका छन् । अफिस नआए पनि उनी यस बीचमा केही बैठकहरूमा सहभागी भने भएका छन् ।

यता मुख्य न्यायाधिवक्ताका स्वकीय सचिव हरि पोखरेलका अनुसार मुख्य न्यायाधिवक्ता र उनका परिवारका सदस्य कोहीको पनि पछिल्लो ट्राभल हिस्ट्री छैन । उनीहरु घर बाहिर गएका छैनन् ।

आचार्यसहित तीन जनालाई नै उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ । यसअघि प्रदेश २ संघीय सांसद र महानगरका मेयर सहितलाई कोरोना देखिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...