कारागारमा इस्लामिक स्टेट समूहको आक्रमणमा परी २० को मृत्यु

Afghanistan bomb

जलालाबाद । अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

प्रान्तीय सरकारी अधिकारीहरुका अनुसार त्यसक्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्तसमेत भएको थियो ।

प्रान्तीय अस्पतालका प्रवक्ता जाहेर अदेलले कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि गरे । मारिनेहरुमा सुरक्षाकर्मीसमेत रहेका छन् । प्रान्तीय गभर्नरका प्रवक्ताले उक्त आक्रमणमा कारागारका बन्दी, सुरक्षाकर्मीसमेत २१ जनाको ज्यान गएको बताएका छन् ।

गत शुक्रबारदेखि ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धबिराम लागू छ । अफगान राष्ट्रपति अस्रफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता सुरु हुने र त्यसपछि स्थायी युद्धबिराम हुने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...