आज विजयादशमी हर्षोल्लासपूर्वक मनाइँदै, टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

देश अनुसारको साइत, कुन देशमा कति बजे टीकाको साइत छ ?

Tika

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।

टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन ।

आज नेपालमा टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा तोकिएको भए पनि विदेशमा बस्ने नेपालीहरुका लागि भने सोही देशको समय अनुसार निर्धारण गरिएको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार सबै नेपालीले एउटै साइतमा टीका लगाउन सकुन् भने देशअनुसार साइत सार्वजनिक गरिएको हो । 

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो । साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ भन्ने मान्यता छ ।

मंगलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ । टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने विश्वास छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...