करण केसी चम्किँदा नेपालको नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित

T 20 serise

काठमाडौं । टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेट्दै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ ।
ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो । ओमनमा जारी पाँच देशीय टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा नेदरल्याण्डलाई चार विकेटले हराएको छ । आजको खेलमा करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले सनसनीपूर्ण जित हात पारेको हो ।

१ सय ३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्‍यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले छक्का र चौकाको वर्षा गरेका थिए । केवल १४ बलमा तीन छक्का र एक चौका प्रहार गरेका उनी ३१ रनमा अविजित रहे ।
अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेका करणले दोस्रो बल डट खेले । तेस्रो बलमा उनले चौका निकाले भने चौंथो बलमा फेरि छक्का हान्दै स्कोर बराबरीमा ल्याएका थिए । पाँचौं बलमा उनले एक रन लिँदै नेपाललाई जित दिलाए ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए पनि उनको आक्रामक रवैया आज देखिएन । उनले ४१ बलको खपत गर्दै एक छक्का र एक चौका हिर्काएका थिए । अन्य ब्याट्सम्यानहरुले पनि क्रिजमा निकै संघर्ष गरेका थिए । विनोद भण्डारीले २२ बलमा २६ रन बनाउँदै नेपालको स्कोर उकास्न मद्दत गरे ।

यसअघि बलिङमा पनि करणको उत्कृष्ट प्रदर्शन रह्यो । उनले ३।३ ओभरमा १७ रन मात्र खर्चेर चार विकेट लिन सफल भए । करणलाई सन्दीप लामिछानेले बलियो साथ दिए । सन्दीपले ४ ओभरमा २० रन खर्चेर चार विकेट नै लिए ।

नेपाली बलरहरुविरुद्ध नेदरल्यान्ड्सका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् र, १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले ।

दोस्रो विकेटका लागि स्टलसँग ४१ रनको साझेदारी गरेका ओ’डाउडले तेस्रो विकेटका लागि एकरम्यानसँग ४७ रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा एकरम्यान आउट हुँदा नेदरल्याड्सको स्कोर ९७ रन थियो । तर थप ३६ जोड्दा सबै विकेट गुमायो । ओ’डाउडले ४३ रन बनाए । एकरम्यानले २९ र स्टलले २१ रन बनाए ।

नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ । यसअघि नेदरल्यान्डसँग भएका ५ खेलमध्ये नेपालले ३ खेलमा पराजय बहोरेको छ भने एउटामा जीत निकालेको छ । एउटा खेल रद्ध भएको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...