रातारात फेरिँदैछ काठमाडौं, कृत्रिम बगैँचा बनाएर पाहुनाको आँखामा छारो हालिँदै

Tinkune sadak

काठमाडौं । तीनकुनेस्थित बाँझो चौर, जहाँ सधैं फोहोर थुप्रिन्छ । जहाँ सवारी साधन सिक्नेको भीड पनि हुन्छ । पार्क बनाउने भनेर वर्षौंसम्म अलपत्र पारिएको तीनकुने चोकमा रातारात हरियाली छाएको छ ।

सडक छेउछाउ हरिया विरुवा रोपिएका छन् । यसका लागि रातारात उनी हिँड्ने बाटो तथा बाटोका आसपास पर्ने स्थानको मुहार फेर्न सरकार लागि परेको छ । सरकारले गत वर्ष भएको बिम्स्टेक सम्मेलनका बेला फ्लेक्सले बारेर छोपेको चौर यसपाली भने कृत्रिम बगैँचा बनाएर पाहुनाको आँखामा छारो हाल्दै छ ।

त्यहाँ दुबो लगाउने र चिनियाँ राष्ट्रपति सी चिन फिङ त्रिभुवन विमानस्थलबाट ओर्लिएर अगाडि बढ्दा यो हरित पार्कले स्वागत गर्ने जस्तै बनाइएको छ । मुख्य रूपमा विमानस्थल परिसर, विमानस्थलदेखि सोल्टीमोडसम्म र राष्ट्रपति भवन शितल निवास क्षेत्रको बाटो मर्मत सम्भारको कामलाई प्राथमिकतामा राखेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

सी को स्वागतका लागि काठमाडौं रातारात सिंगारिँदै छ। सडकका खाल्डाखुल्डी पुरिएका छन् भने रंगरोगन पनि जारी छ । उपत्यकाका सडक किनारा हरियाली बनाउने र सफाई अभियान चलिरहेको छ ।

सडक र सडकपेटीमा पेन्टिङ गरेर चिटिक्क पार्ने काम धमाधम भइरहेको छ । सडक पेटीमा नेपाल चिनाउने फ्लेक्स बोर्डले सजाउने काम भइरहेको छ । चीनका राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणको तयारीमा सरकारी निकाय तीव्र गतीमा लागेका छन् ।

खासगरी सरकारको तयारी सीको सवारी हुने सडकका किनारा सिंगारपटार गर्ने काममा रात दिन नभनी लागेको देखिएको छ । सरकारले काठमाडौंका सडक सुधार तीव्र पारेको छ । सीको आवतजावत हुने सडकको स्तरोन्नति र रंगरोगनको काम तीव्र रूपमा भइरहेको छ ।

सरकारका विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीको चटारो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...