मेयर सरावगीको परिवारका सदस्यसहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्‍टि

Corona patient rqdqlbqkzg

काठमाडौँ । पर्सामा थप ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्‍टि भएको छ । नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्‍जका ४३ जना तथा सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिन्टेनडेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । संक्रमितमध्ये १४ जना महिला रहेका छन् ।

केही दिनअघि संक्रमण पुष्‍टि भएका वीरगञ्‍ज महानगरका मेयर विजय सरावगीको परिवारका सदस्यमा पनि संक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अन्य ४ जनामा पनि संक्रमण देखिएको छ । अन्य संक्रमितको कन्ट्‍याक्ट ट्रेसिङमा परेका ३ जनामा पनि संक्रमण भेटिएको छ ।

वीरगञ्‍जको बिर्तामा ५ देखि ६० वर्ष उमेर समूहका १९ जनामा संक्रमण पुष्‍टि भएको छ भने श्रीपुरमा मास टेस्टिङका क्रममा स्वाब संकलन गरिएका १० जनामा पनि संक्रमण देखिएको छ । आफैंले पैसा तिरेर पिसीआर परीक्षण गराएका दुईजना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...