साढे सात लाख भारतीय नोटसहित एक पक्राउ

Pakrau sfxs02nzr1

कपिलवस्तु । भारतीय अवैध रकमसहित कपिलवस्तुमा एकजना पक्राउ परेका छन् । शसस्त्र प्रहरी कपिलवस्तुको टोलीले शरीरमा लुकाइछिपाइ भारत लैजाँदै गरेको ७ लाख ६० हजार ६ सय ५० भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।

सशस्त्रको टोलीले कृष्णनगरको लिंकगेटस्थित चेकपोष्टबाट चेकजाँचका क्रममा लुकाई छिपाई कम्मरमा बाधेर भारततर्फ सो रकम लैजादै गर्दा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८ का कृष्ण बहादुर ओलीलाई पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएका ओलीबाट २ हजार, १ हजार, ५ सय र १ सय तथा ५० दरका नोट गरि सो परिमाणमा भारतिय मुद्रा फेला परेको र उनलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइने तयारी गरिएको सशस्त्र प्रहरी नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...