नवरात्रको सातौँ दिन कालरात्रिको आराधना, आजै भित्र्याइँदैछ फूलपाती

Kalratri q5snzkbkld

काठमाडौं । नवरात्रको सातौँ दिन अर्थात् मंगलबार महासप्तमी। नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ ।

धर्मशास्त्रअनुसार कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छिन् । तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छिन् । त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ ।

चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छिन् । स्वरूप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ । महासप्तमीका दिन विद्याकी अधिष्ठात्री महासरस्वतीको विशेष पूजा गरिन्छ । यस्तै भद्रकालीको आराधना पनि गरिन्छ ।

विभिन्न शक्तिपीठहरूमा पशुबलिसहितको पूजा पनि चल्छ । शक्तिपीठ तथा जमरा राखिएका दशैँघरमा महासप्तमीको बिहान वा दिउँसोको शुभसाइतमा नवपत्रिका भित्र्याइन्छ । यसलाई बोलीचालीमा फूलपाती भनिन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिका पातलाई नवपत्रिका भनिन्छ ।

यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराउने र प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गर्ने विधान छ । यो अवसरमा काठमाडौँको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...