सुनसरीको मधुवनमा ४० घर परिवारलाई खाद्यन्न सहयोग

Madhuwan help

धरान । फैलिँदो कोरोना संक्रमणका कारण समस्यामा परेका सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. ११ मधुवनमा रहेका ४० घर परिवारलाई खाद्यन्न वितरण गरिएको छ ।

अमेरिकाको न्युयोर्कमा बसेर समाज सेवा गर्दै आएका छिरिङ राप्के लामा, टेक्सासमा बसोबास गर्दै आएका विजय बस्नेत र घ्यालसुम्दो सेवा संस्था न्यूयोर्क, अमेरिकाको सहयोग र ग्रामिण क्लब हाउस इटहरी सुनसरीको आयोजनामा मधुवनका कोरोना पीडित अति विपन्न ४० परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो ।

ग्रामिण क्लब हाउस इटहरीका महासचिव धर्मप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव केदार भण्डारी, जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, महासमिति सदस्य जमिल अजाद, मधुवन गाउँ इकाई सभापति अजाद आलम, जनप्रतिनिधि वडा सदस्य अनिरुद्ध मण्डल, नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि डिवी थापा लगायतले धन्यवाद दिएका थिए ।

कार्यक्रममा ग्रामिण क्लव हाउसका सचिव तारा सुवेदी, सल्लाहकार शिवकुमारी सुवेदी लगायतको उपस्थिति रहेको थियो । विपन्न परिवारहरुले कोरोनाको महामारीमा राहत पाएकोमा खुशी हुँदै सहयोगी सबैलाई धन्यवाद दिएका थिए ।

उनीहरुले विपतका बेला सहयोग गर्ने सामाजिक अभियन्ताद्धय छिरिङ राप्के लामा, विजय बस्नेत र न्यूयोर्क अमेरिकास्थित ध्याल्सुम्दो सेवा संस्था तथा राहत व्यवस्थापन गर्ने अमेरिका रहेका ग्रामिण क्लब हाउस इटहरी सुनसरीका अध्यक्ष मुकुन्द सुवेदीलाई धन्यवाद दिएका थिए ।

कोरोना पीडित ४० घर परिवारका लागि अमेरिकामा बस्ने सहयोगीहरु इन्दु राई, सुख राई, रिना राई, गगन राई, यशोधा राई, विशाल राई, रवि गिरी, दिकेश श्रेष्ठ, पशुपति पाण्डे, टेकबहादुर रुवाली, विनोद रुवाली, ज्ञानेन्द्र कार्की, जीवन दाहाल, सुनिता दाहाल, बासुदेव अधिकारी, रघु सुवेदी, अर्जुन बोसेल, अनिल पाण्डे, हरिहर दाहाल, शिवराज फागु, रामहरी अधिकारी, सुनिता खत्री, नवराज लुईटेल, टिकालक्ष्मी लुइटेल, सुवास घिमिरे, प्रेम पौडेल, निमा लामा लगायतले आर्थिक सहयोग पठाएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...