आजदेखि फेरि १४ दिनका लागि विराटनगरमा लकडाउन, अत्यावश्यक काम बाहेकका सबै काम बन्द

Biratnagar mahanagar

विराटनगर । सरकारले देशभर लकडाउन हटाएको एक साता पनि नपुग्दै स्थानीय तहहरुले धमाधम लकडाउन सुरु गरेका छन् पछिल्ला केही दिनयता समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विभिन्न स्थानीय तहहरुले लकडाउन सुरु गरेका छन् ।

यसैक्रममा समुदायमा फैलिएपछि विराटनगर महानगरपालिकामा शनिबारदेखि १४ दिनका लागि फेरि लकडाउन गरिएको छ । विराटनगर महानगरपालिका क्षेत्रभित्र लकडाउन घोषणा गरिएको छ ।

शुक्रबार बसेको महानगरको बैठकले राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो । समुदायस्तरमा कोरोनाको संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको महानगरका मेयर भीम पराजुलीले बताए ।

यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो । तर पछिल्ला केही दिनयता समुदायका कोरोना संक्रमण बढेसँगै १४ दिनका लागि महानगर क्षेत्रभित्र लकडाउन घोषणा गरेको हो ।

लकडाउनका समयमा अत्यावश्यक कामबाहेक अन्य कामका लागि घरबाट बाहिर निस्किन प्रतिवन्ध लगाइएको छ । महानगरले सकभर भीडभाड भएको स्थानमा नजान र आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै सचेतता अपनाउन आग्रह पनि गरेको छ ।

यसैबीच विराटनगर महानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै महानगरभित्रकामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ ।

शुक्रबार थप ४ महिला र ६ पुरुषसहित १० जना कोरोना संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ । कोरोना पोजेटिभ देखिएकामध्ये ४ जना कोसी अस्पतालमा परीक्षण गराएका हुन् भने अन्य ६ जना महानगरकै विभिन्न वडाबाट महानगरले स्वाब संकलन गरेकाहरु हुन् ।

संक्रमितहरुमा तीन जना कोशी अस्पतालका कर्मचारी छन् । विराटनगर–५ का एक महिला र एक पुरुष, विराटनगर–२ का एक महिला र एक पुरुष, विराटनगर–११ का १ महिला र १ पुरुष, विराटनगर–६ का एक पुरुष, विराटनगर १७ का एक पुरुष, विराटनगर १२ का एक पुरुष र वडा नखुलेका अर्का पुरुषमा संक्रमण देखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...