दशैंपछि इन्धनको मूल्यवृद्धि हुँदै

Petrol pump

काठमाडौं । साउदी अरबको तेल प्रशोधन केन्द्रमा हुथी आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएपछि नेपालमा पनि मूल्य वृद्धि हुने भएको छ । तर, वृद्धि दशैंपछि मात्र गरिने बुझिएको छ ।

दशैंको मुखमा मूल्यवृद्धि गर्दा अलोकप्रीय हुने देखिएपछि सरकारसँग परामर्श गरेरले मूल्यवृद्धि स्थगित गरेको छ । भारतबाट तेल आयात गर्दै आएको निगमलाई इन्डियत आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठाइसकेको छ । जसअनुसार पेट्रोलमा ४ रुपैयाँ छ पैसा, डिलेजमा ३ रुपैयाँ ६३ पैसा, मट्टितेलमा २ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ६४ पैसा र एलपी ग्याँसमा १५ रुपैयाँ ९८ पैसा वृद्धि भएको आयल निगमले जानकारी दिएको छ ।

स्वचालित तरिकाले यही अनुपातमा मूल्यवृद्धि गर्नुपर्ने भएपनि निगमले अहिलेलाई नगर्ने भएको हो । चाडपर्वलाई दृष्टिगत गरी इन्धनको मूल्य वृद्धि तत्काल रोकेर निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले पुनः लोकप्रीयता बटुलेका छन् । उपभोक्ताको हितलाई ध्यानमा राखेर निगमले इन्धनको मूल्य वृद्धि नगरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...