टयांकरले ठक्कर दिँदा एक जनाको मृत्यु

Accident news

मकवानपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १ चाइना गेट नजिक शुक्रबार बिहान  टयांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा–११ नवलपुरबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना ८ ख ३८७२ नम्बरको तेल टयांकरले सोही दिशाबाट आउँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल सवार हेटौंडा १ चाईनाक्वाटर निवासी ३५ वर्षीया सिता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक सिताका  श्रीमान ४५ बर्षीय शसि न्यौपाने भने सामान्य घाइते भएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...